महिलाको दाह्री–जुँगा किन आउँदैन – राेचक जानकारी

०२ पाैष, काठमाडौँ । हरेक घटनाको कारण हुन्छ । मानिसले कति कारण थाहा पाउँछन् । कति थाहा पाउँदैनन् । तर बेला बेलामा मानिसका दिमागमा विभिन्न प्रकारका प्रश्नहरु उब्जिन्छन् । ति प्रश्नहरुका उत्तर उसले पाउँछ भने कतिपय प्रश्नका उत्तर उसले नपाएको पनि हुन सक्छ । यस्तै केही प्रश्नहरुबारे चर्चा गरौं ।

महिलाको दाह्री–जुँगा किन आउँदैन ?

मानिसको उमेर बढ्दै गएपछि कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्छ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरुमा र केटीहरुमा भिन्नभिन्नै प्रकारको रस (हर्मोन) पैदा गर्दछ, जसलाई क्रमशः पुरुष हर्मोन (इन्ड्रोजीन) र महिला हर्मोन (ओईस्ट्रोजीन) भनिन्छ ।

एन्ड्रोजीनले दाह्री–जुँगा र शरीर रौँको विकास गर्न मदत गर्दछ तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजीनले तालुको कपाल बढाउन मदत गर्छ तर दाह्री जुँगा र शरीरका रौँ भने बढ्न दिँदैन । यसैले स्त्रीजातिमा दाह्री–जुँगा आउँदैन तर पुरुषहरुमा आउँछ ।

(एजेन्सीको सहयोगमा)



मल्टिमिडिया ग्यालरी

BreadbusinessCoronavirusCovid-19Dari Jungadigital khabarGirlshealthLockdownnepalNewsPoliticRochaktechnology
Comments (0)
Add Comment