बागमती प्रदेशमा साढे ६८ अर्ब लगानीमा ८९ उद्योग स्थापना

१५ मंसिर, काठमाडाैँ । देशभर सबैभन्दा धेरै उद्योग दर्ता हुने प्रदेशमा बाग्मती प्रदेश रहेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशमा साढे ६८ अर्ब रुपैयाँ लगानीमा ८९ उद्योग दर्ता भएका हुन ।

गत आर्थिक वर्षमा कोरोनाका कारण आर्थिक क्रियाकलाप प्रभावित भएपनि बाग्मती प्रदेशमा मात्र ६८ अर्ब ५९ करोड रुपैयाँ लगानीमा ८९ उद्योग दर्ता भएका छन् । देशभर गत आर्थिक वर्षमा १५६.६ अर्बको कुल पूँजी लगानीमा २०३ नयाँ उद्योग दर्ता भएका छन् । यसमध्ये ४३.८ प्रतिशत उद्योग बागमती प्रदेशमा दर्ता भएको देखिन्छ भने कर्णाली प्रदेशमा उद्योग दर्ता भएको देखिदैन ।

गत आर्थिक वर्षमा कुल ११ हजार ८ सय ३३ थप रोजगारी सृजना भएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । यो कुल रोजगारीको ४०.७ प्रतिशत योगदान बाग्मती प्रदेशको रहेको छ । गत आवमा सबैभन्दा कम रोजगारी सृजना गर्ने प्रदेशमा सुदूरपश्चिम प्रदेश रहेको छ । कुल रोजगारीमा सुदुपश्चिमको योगदान ५.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

यसैगरी थोक तथा खुद्रा व्यापार; मोटर गाड़ी तथा मोटर साईकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रको प्रमुख आर्थिक सूचकहरूमा बागमती प्रदेशको हिस्सा क्रमशः ५६.५ प्रतिशत, ४७.२ प्रतिशत, ६७.६ प्रतिशत र ६३.५ प्रतिशत रहेको छ

गत आवमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले घटेको छ भने यस्ता बालीको उत्पादन ०.७ प्रतिशतले घटेको छ । गत आवमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कुल कर्जा मध्ये ४.२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।

गत आवमा यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४६.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ३७.९ प्रतिशत रहेको थियो । औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.४ प्रतिशत, विस्कुट उत्पादन ३४.९ प्रतिशत, चाउचाउ उत्पादन २३.२ प्रतिशत, हल्का पेय पदार्थ १८.७ प्रतिशत, चुरोट उत्पादन ८.५ प्रतिशत, पश्मिना उत्पादन ४.० प्रतिशत, गार्मेण्ट उत्पादन १९.० प्रतिशत, रंग उत्पादन ५४.९ प्रतिशत, साबुन उत्पादन ४५.१ प्रतिशत र कंक्रिट उत्पादन ५१.६ प्रतिशत र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ११.० प्रतिशत र वियर उत्पादन ११.४ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३७.७ प्रतिशत रहेको छ । गत आवमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ३९.० प्रतिशतले तथा रजिष्ट्रेशनबाट प्राप्त हुनेराजस्व ५८.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको निक्षेप २०७७ असार मसान्तको तुलनामा २०७८ असारमा १९.३ प्रतिशतले र कर्जा प्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ । कर्जा–निक्षेप अनुपात औसतमा ७३.३ प्रतिशत रहेको छ।

गत आवमा यस प्रदेशका अध्ययनले समेटेका उद्योगमध्ये पशुदाना उत्पादन १६.४ प्रतिशत, विस्कुट उत्पादन ३४.९ प्रतिशत, चाउचाउ उत्पादन २३.२ प्रतिशत, हल्का पेय पदार्थ उत्पादन १८.७ प्रतिशत, चुरोट उत्पादन ८.५ प्रतिशत, पश्मिना उत्पादन ४.० प्रतिशत, गार्मेन्ट उत्पादन १९.० प्रतिशत, रङ्ग उत्पादन ५४.९ प्रतिशत, साबुन उत्पादन ४५.१ प्रतिशत, कंक्रिट उत्पादन ५१.६ प्रतिशत र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ११.० प्रतिशत र वियर उत्पादन ११.४ प्रतिशतले घटेको छ ।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २५.७ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भई ७ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.७ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ७१ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

यस प्रदेशमा आर्थिक वर्ष २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकका १६६४, विकास बैंकका, २९५ वित्त कम्पनीका ९५ तथा लघुवित्त वित्तीय संस्थाका ६८१ गरी जम्मा २७३५ शाखा सञ्चालनमा रहेका छन् । काठमाडांै जिल्लामा सबैभन्दा बढी (१०५१) तथा रसुवा जिल्लामा सबैभन्दा कम (४८) शाखा सञ्चालनमा रहेका छन् ।

यी शाखाहरुले २०७८ असार मसान्तसम्ममा कुल निक्षेप १४ अर्ब २६ करोड रुपैयाँ परिचालन गरेका छन भने रु.४ अर्ब ७५ करोड कर्जा प्रवाह गरेका छन् । त्यसैगरी, यी स्थानीय तहमा खुलेका नयाँ शाखाहरुले २७३ जनालाई रोजगारी प्रदान गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १९.२८ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ३२ खर्ब ८ अर्ब ३५ करोड रुपौयँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९.७७ प्रतिशतले वृद्धि भएको थियो ।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई २३ खर्ब ५२ अर्व ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.७ प्रतिशतले वृद्धि भएको थियो । २०७८ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८.० प्रतिशत रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment