” केबल तपाईंले जिते पुग्छ।”

✍️ केशबराज चौलागाईं

०७ मंसिर, काठमाडाैं ।
(२०७८ -०८-०७) ए मित्र, तपाईं पनि केन्द्रमा उठ्ने!!!

हो त यार ! तपाईं नउठेर को उठ्छ त? सायद अघिल्लो निर्वाचनमा आफ्नो वडा, पालिका, प्रदेश र जिल्लै जित्नु भो वा जिताउनु भो। अब त झन सिरीखुरी जिताउने उम्मिद राख्नु भाको छ। हारेकै भएपनि तिनीहरुले गर्दा पो हारेको त हो नि । तिनीहरु नेतृत्वमा न भैदिएको भए तपाईंले त दुईतिहाई ल्याएर जित्नु हुन्थ्यो नि । अब पनि तपाईं नउठेर को उठ्ने त? जित्नु पनि तपाईंले जित्नु पर्छ यसपाली।तपाईं केन्द्रीय सदस्य भएपछि त विपक्षीहरुको सातो नै जान्छ नि!!!अाफ्नै पार्टी भित्र पनि अर्को पार्टीलाई भोटहाल्ने मान्छेहरुलाई समेत क्रियाशील सदस्यता दिएर अाफ्ना निजी मान्छेहरुलाई प्रतिनिधि छनौट गराउन क्या मीठो चलाखी गर्न सक्ने तपाईं,टिम वन्दीमा लाखौ लगानी गरेर मै हुं भन्नेहरुलाई पछार्न सफल हुने तपाईं केन्द्रीय ग्याङमा छिर्न सक्नु भो भने त जित हासिल गर्ने पक्का छ।पार्टी जितोस कि नजितोस,देश त कहिले पो जितेको छर?? तपाईं भने अवश्य जित्नु हुने छ।अलिकति हातको मैला त जाने हो नि बधाई एवं शुभकामना छ।

ए ए हजुर पनि फेरि उठ्ने केन्द्रमा??उठ्नु त पर्छ नि।कस्ता कस्ता उम्रदै तिनपाते भुराहरु त केन्द्रीय सदस्य ताकीरहेका छन्।तपाईं त पहिलै केन्द्रीय सदस्य!! छोड्न कहाँ मिल्छ?।तपाई केन्द्रीय सदस्य बने पछि तपाईंको वडा ,पालिका,प्रदेश र जिल्ला क्या सहजै जित्यो।तपाईं नभाको भए तिनले टिकेट पाउंथे र?? तिनले टिकट नपाको भए त्यो जित कसरी संभव थियो?अाफै भन्नुस त!! ।कि हार्नु भो???!! हारेकै भए पनि त्यो केन्द्रीय सभापति र पदाधिकारीका कारणले पो हारेको त।तपाईंले केन्द्रीय समितिमा त्यति महत्वपुर्ण भुमिका निर्वाह गर्दा गर्दै किन हार्नु पर्थ्यो र?? सायद पुर्ण वैठकमा एक शब्द पनि अोकल्न नपाई कार्यकाल समाप्त भयो।अब पनि फेरि तपाईं नै जित्नु पर्छ बधाई एवं शुभकामना छ।
अनि हजुर त पदाधिकारीमा उठ्ने होला हैन??

हो त पटक पटक केन्द्रीय सदस्य जित्नु हुने तपाईं जाबो त्यही पदमा कति वस्नु त?? तपाईं पहिलै पदाधिकारी भैदिएको भए पार्टीले के यो दुर्दशा भोग्नु पर्थ्यो र??पार्टी क्या विधि सम्मत चल्थ्यो ,पार्टीको मुल्यमान्यता निष्ठा र आदर्श रक्षित भै पार्टी र मुलुकले उहिल्यै अग्रगति लिन्थ्यो।अब पार्टीको भाग्य जुर्मुराए जस्तो छ।नाथे केन्द्रीय सदस्य मात्र भएर पो हजुरले सिन्को भांच्न नसकेको त।अब त हजुर पदाधिकारी हुँदै हुनुहुन्छ।हिजोका पदाधिकारीले पो पार्टी तहसनहस पारेका नि ।अब तपाईं भए पछि त कायापलट नै हुन्छ नि अाफ्नो गृह जिल्लामा विपक्षीहरु त सिला खोज्नु पर्ने हुन्छ। जे होस पार्टी र मुलुक के हुन्छ भन्न सकिन्न तपाईंको जीवन भने कायापलट नै हुने छ।बधाई एवं शुभकामना छ।

साच्ची हजुर त महामन्त्री उठ्ने रे !!कि के हो? ।उठ्ने मात्रै होईन जित्नु नि पर्छ हजुर!।पुस्तान्तरण पनि हुनु पर्छ नि।तपाईंका जुँगा अझै काला छन।केशफुलेकाहरुले अोगटेर पो मुलुकको पहिलो र जेठो पार्टी साहिंलो काहिंलो वनेको ।तपाईं सो पदमा पहिलै हुनु भाथ्यो भने यो पार्टी अाफ्नो मुलवाटो नै ठम्याउन नसक्ने, देशीविदेशीको लहैलहैमा यस्तो नादान के हुन्थ्यो।अरु पदमा वसेर त ठीक ठाउंमा ल्याउनै नसकिने रैछ नि हगि हजुर! हुनत निर्णायक ठाउंमा त हुनु हुन्थ्यो नि तपाईं पनि ।संसदीय निर्वाचन जित्नु भो कि हार्नु भो सांची??! जितेको भए त अाफ्ने निजी वर्कतले जित्नु भो होला !!हारेको भए त सभापतिले गर्दा हारेको हो नि हजुरले।त्यो सबै दोष तात्कालिन सभापति,महामन्त्रीहरुले लिनु पर्छ।तपाईं जस्ता सेलीव्रेटीहरुको के दोष?? अब तपाईं महामन्त्री जित्नु भो भने देखाईदिनु पर्छ धमका लठ्ठी उठाए पनि जित्नेछन हाम्रा साथीहरुले। तपाईं त्यो पदको लागि अपरिहार्य हो कि त्यो पद तपाईंका लागि हो त्यो त भन्न सकिन्न ।जे होस तपाईंलाई बधाई एवं शुभकामना छ।

हजुर पनि के सुब्बा मै पेन्सिन लिनु हुन्छ! उठ्नुस न उपसभापति,तपाईं महामन्त्री मात्र भएर पो यो हविगत भोग्नु परेको नि उपसभापति भएसी त उथल पुथल भै हाल्छ नि।सभापतिमै उठ्ने पो भन्ने सुन्छु त हजुर!! त्यो पनि गज्जव छ।भेरहेको सभापतिले पो पार्टी पोलीपखाली खाको त,हजुरको के दोष छर?? उस्कै बारणले जितिरहेको संघीय निर्वाचन पनि हार्नु भो।जितेको भए त अाफ्नै वलवुत्ता र व्यक्तित्वले गर्दा हो नि उ अाफु चाहिँ जित्ने हजुरहरुचाहिँ हार्ने त्यस्तो नि हुन्छ त हजुर त्यही सभापतिले गर्दा त हो नि ।४८ सालदेखि निरन्तर विजयी हुनुहुने हजुरहरु पराजित हुनु पर्थ्यो त?? उस्कै कारणले हो।अब हजुर सभापति हुनु पर्छ अनि देख्छन दुंनियाले। पार्टी र मुलुक वनाउंने नीति र विचार हजुरसंग त छ नि ।जनभावना मुताविकको पार्टी निर्माण गर्न उपसभापति ,ममहमन्त्री,वरिष्ट नेता जस्ता पदमा वसेर नमिल्ने रैछ नि हजुर !!अब हजुर नै सभापति जित्नु पर्छ किनकि अरु पदमा हुंदा ननिकालेको जादुको छडी निकाल्नु हुनेछ हजुरले।बधाई एवं शुभकममना छ।

उठ्न पाउने जतिले उठौं है मित्र हो ,मतदाता भन्दा उम्मेद्वार वढी भए नि बाल छैन।सभापति भन्दा माथिल्लो पदमा उठ्न मिल्छ भने नि उठौं।यही हो मौका।पार्टीको नीति, सिद्धान्त,कार्यदिशा,र रणनीतिको विषयमा छलफल नै गर्नु जरुरी छैन केवल तपाईं जिते पुग्छ। ।जयनेपाल!!!

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarkeshab raj chaulagainepalNewsPolitic
Comments (0)
Add Comment