बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय चयन

२४ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भएका छन्।

संघको ३५औं साधारणसभामार्फत मंगलबार नयाँ कार्यसमिति औपचारिक रूपमा सार्वजनिक गरिएको हो। उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। उनी संघका उपाध्यक्ष थिए।

सानीमा बैंकका सिइओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष थिए।अध्यक्षको कार्यकाल दुई वर्ष हुनेछ।

त्यस्तै संघको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनील केसी सर्वसम्मत चयन भएका छन्। केसी संघका सदस्य थिए।

संघको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुपमा खुञ्जेली, नेपाल एसबिआइ बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला र सनराइज बैंकका सिइओ सुमन शर्मा चयन भएका छन्।

सल्लाहकारमा नबिल बैंकका सिइओ अनिल केशरी शाह, हिमालयन बैंकका सिइओ अशोक शमशेर राणा र नेपाल बंगलादेशका सिइओ तथा बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगाना चयन भएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNBAnepalNepal Bankers AssociationNewsPolitictechnology
Comments (0)
Add Comment