न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफांड हुने

०४ कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गर्न लागेको हो ।

कम्पनीले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकबाट २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १४.०८ गुणा बढी हो ।

कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment