हाथवे इन्भेष्टमेन्टको आईपीओमा म्युचुअल फन्डका लागि दिएको सेयरको ‘लकइन’ अवधि सकिँदै

२३ फागुन, काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुका लागि छुट्याइएको साधारण सेयरको ‘लकइन’ अवधि चैत १ गते सकिने भएको छ ।‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

हाल समूहिक लगानी कोषलाई दिएको ‘लक इन’ मा ३६ हजार ५१२ कित्ता सेयर छन् । उक्त सेयरहरु चैत १ गतेपछि धितोपत्रको दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् ।

जारी पुँजीको १२.५० प्रतिशत सार्वजनिक निष्कासन गरेको हाथवेले सर्वसाधारणमा जारी गरेको सेयरको ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । सोही सेयरमध्ये १ लाख ९ हजार ७३८ कित्ता सेयर सामूहिक लगानी कोषहरुले यसअघि नै बिक्री गरिसकेका छन् । बाँकी ३६ हजार ५१२ कित्ताको लकइन चैत १ गतेपछि काराेबारका लागि खुला हुने भएकाे हाे ।

सामुहिक लगानी कोषहरूले आरक्षित सेयरहरू धमाधम बिक्री गरेर छोटो समयमा नै नाफा कमाउन थालेपछि नेपाल धितोपत्र बोर्डले गत कार्तिक २० गते एक निर्देशन जारी गर्दै सामुहिक लगानी कोषका लागि आरक्षित सेयर ६ महिनासम्म बिक्री वितरण गर्न बन्देज लगाएको थियो ।

कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment