सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि विक्री खुला

०४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते(आज)देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो शेयर खरिदका लागि कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने कात्तिक १८ गतेसम्म विक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment