सुनचाँदीको मूल्यमा आइतबार सामान्य वृद्धि

२४ असाेज, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार २५० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार १७५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilverhealthKathmanduNewstechnology
Comments (0)
Add Comment