खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोलीबाट बिक्री गर्ने

२२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको खसीबोका काठमाडौं आइपुगेको छ । पहिलो लटमा कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको हो ।

बिहीबार साँझ दाङ र हेटौंडाबाट ल्याईएको खसीबोका शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन ।

उनका अनुसार दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं ल्याईएको हो । पहिलो लटका खसीबोका काठमाडौं आइपुगेपछि बाँकीपनि ल्याउने तयारी भएको छ ।

कम्पनीले आज काठमाडौं आइपुगेको खसीबोका शनिबार बिहानबाट बिक्री सुरु गर्ने तयारी गरेको छ । खसीबोका काठमाडौं आइपुगेपनि मूल्य निर्धारण भने भएको छैन । आज कम्पनीले मूल्य निर्धारण गरेर शनिबारदेखि बिक्री वितरण गर्ने तयारी गरेको हो ।

यस वर्ष कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसीबोका बिक्री गर्नेछ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।

कम्पनीले यस वर्ष २ हजार खसीबोका बिक्री वितारण गर्ने जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बढेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दाङमा २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५ सय ६५, २० देखि २५ किलोका खसी किलोको ५ सय ५० र बोकाको ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले जिल्लामा खरिद मूल्यमा ढुवानी भाडा, बजार मूल्य सबै जोडेर काठमाडौंमा खुद्रा बिक्री मूल्य निर्धारण गर्दै आएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment