थप ५७४ जना सङ्क्रमित, एक हजार ४०५ जना निकाे, सातको मृत्यु

१७ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा १०५जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १६४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १६ हजार ८०४ जना छन् । पछिल्लो २४ घण्टामा २६ हजार ४१९ जनाले काेराेना भाइरसविरूद्धकाे खाेप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarFacebookhealthKathmanduLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment