परराष्ट्रमन्त्रीले झुटो बोलेको भन्दै द्वन्द्वपीडितले राष्ट्रसंघका महासचिवलाई पठाए पत्र

 १४ असाेज, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री नारायण खड्काले आफूहरुबारे झुटो बोलेको भन्दै द्वन्द्वपीडितहरुले राष्ट्रसंघका महासचिवलाई पत्र पठाएका छन्। 

लितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर द्वन्द्वपीडितहरुले महासचिवलाई सम्बोधन गरिएको पत्र बुझाएका हुन्।  द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरुले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवलाई जानकारी गराउँदै ध्यानाकर्षण पत्र पठाएको बताए। 

परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको द्वन्द्वकालीन मुद्दा समाधान उन्मुख रहेको बताएका थिए। 

महासभामा बोल्दै द्वन्द्वकालीन मुद्दाहरु पीडितहरुको सहमतिमा टुङ्गिने दाबीसमेत गरेका थिए। संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगले काम गरिरहेकाले द्वन्द्वकालीन मुद्दाहरु अब समाधान हुने उनको भनाइ थियो। 



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment