परराष्ट्रमन्त्री नियुक्त गर्दै देउवा

०६ आश्विन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि प्रस्ताव गरेका थिए। उक्त मन्त्रालय कांग्रेसले नै राख्ने भन्दै गठबन्धनका दलहरूसँग सहमति खोजेका थिए। गठबन्धनका अन्य दलहरूले पनि उक्त मन्त्रालय दाबी गर्दै आएपनि कांग्रेसलाई उक्त मन्त्रालय दिन गठबन्धनका नेताहरू सहमत भएको स्रोतको दाबी छ।

प्रधानमन्त्री देउवाले पार्टी केन्द्रीय सदस्य नारायण खड्कालाई उक्त मन्त्रालयको जिम्मेवारी दिने पनि गठबन्धनका नेताहरूलाई जानकारी गराएको दाबी गरिएको छ। तर, कांग्रेसका नेताहरूले भने परराष्ट्र मन्त्रालय कांग्रेसले राख्ने सहमति भए पनि व्यक्तिको टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

पार्टी पदाधिकारीसँग बुधबार छलफलपछि मात्र व्यक्तिको नाम टुंगो लाग्ने जानकारी दिँदै एक नेताले भने, ‘नारायण खड्का र नेतृ सुजाता कोइरालामध्ये एकले मन्त्रालय सम्हाल्ने सम्भावना छ।’ कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले उक्त मन्त्रालयको जिम्मेवारी पाउन पनि सक्ने बताइएको छ। r



मल्टिमिडिया ग्यालरी

Covid-19digital khabarhealthLockdownMinistrynepalNewsPMPoliticSher Bahadur Deubatechnology
Comments (0)
Add Comment