नेप्सेमा दुई कम्पनीको २२ लाख बढी कित्ता बोनस सूचीकृत

०३ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।दुबै कम्पनीको गरी कुल कुल २२ लाख ९९ हजार ३८१ दशमलव २२५ कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको हो ।

नेप्सेका अनुसार राधी विद्युत कम्पनीको चुक्ता पूँजीको ३६.५० प्रतिशत र लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

राधी विद्युत कम्पनीको गत असार २९ गते मंगलबार सम्पन्न साधारण सभाबाट ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको थियो । यसअनुसार असार १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

त्यसैगरी लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९०० कित्त बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले जेठ २८ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त बोनस अनुमोदन गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गते शुक्रबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

सूचीकृत बोनस शेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

सम्बन्धीत कम्पनीको बोनस शेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebooknepalNewsshare market
Comments (0)
Add Comment