मंसिरमा हुनेभयाे कांग्रेस महाधिवेशन, वडा अधिवेशन भदौ १८, पालिका २७ गते

३१ साउन, काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।

वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ ।

त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ ।

जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ ।

केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalnepali congressNewsPartyPolitictechnology
Comments (0)
Add Comment