चीनसँगको दुरी घटाउँदै चीनको नजिक अमेरिका

२३ श्रावण, काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ ।

टोकियोमा जारि ओलम्पिकको १४ औं दिनको खेल जारी रहदा २ सय ७२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।

चीनले ३४ स्वर्ण पदकसहित कुल ७४ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३० स्वर्ण पदकसहित कुल ९२ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्णसहित कुल ४७ पदक जितेको छ ।

अष्ट्रेलियाले १७ स्वर्णसहित ४३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १६ स्वर्णसहित कुल ५९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले १६ स्वर्ण जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ । न्युजिल्याण्ड, फ्रान्स, नेदरल्यान्ड्स र इटालीले ७/७ स्वर्ण हात पारेका छन् ।

दक्षिण कोरियाले ६ स्वर्ण जित्दा क्यानडा, क्युवा र हंगेरीले ५/५ स्वर्ण जितेका छन् ।

ब्राजिल, पोल्याण्ड र चेक रिपब्लिकले ४/४ स्वर्ण हात पार्दा स्पेन, स्विट्जरल्यान्ड, जमैका, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।

त्यस्तै २८ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPoliticsportstechnology
Comments (0)
Add Comment