पेरिसलाई हस्तान्तरण गर्दै टोकियो ओलम्पिक सम्पन्न , कुन देशले कति पदक जिते (सुचीसहित)

२४ श्रावण, एजेन्सी । टोकियो ओलम्पिकको भव्य समापन भएको छ । आज ओलम्पिक स्टेडियममा समापन भएको हो ।

यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ ।

जापानले २७ स्वर्णसहित कुल ५८ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । २२ स्वर्णका साथ बेलायत चौंथो र २० स्वर्णका साथ रुस पाचौं स्थान हासिल गर्न सफल भएको छ । रुस डोपिङ प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीका नाममा सहभागी भयो ।

दक्षिण एशियाबाट भारतले मात्र ओलम्पिकमा पदक जित्यो । भारत १ स्वर्ण, २ रजत र ४ काँस्यका साथ कुल ७ पदक जितेर ४८औं स्थान बनायो ।

नेपालले ओलम्पिकमा यसपटक पनि कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे ।

ओलम्पिकमा आशा गरिएका नाम चलेका खेलाडी पदक विहिन भए । जसमध्ये टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिक र टेनिसकी विश्व नम्बर २ ओसाका छन् ।

I



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyTokyo Olympic
Comments (0)
Add Comment