उपाधिका धनी : डानी एल्भास

२५ श्रावण, काठमाडौं । डानी एल्भास जत्तिको भाग्यमानी खेलाडी विरलै होला । भर्खर ब्राजिलले टोकियो ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । फाइनलमा उसले स्पेनलाई हराएको थियो । ब्राजिली टिमका कप्तान हुन्, एल्भास । यो स्वर्ण सहित उनी विश्व फुटबलकै सबैभन्दा बढी ‘डेकोरेटेड’ खेलाडी भएका छन् ।

त्यसो भनेको हाम्रो भाषामा उपाधिका धनी । उनी अहिले ३८ वर्षका भए । उनी जत्तिको अनुभव अरूसँग होला र ? त्यसैले उनलाई ब्राजिली ओलम्पिक टिमको नेतृत्व पनि दिइयो । एल्भासले जितेको यो कीर्तिमान ४३ औं उपाधि हो । टोकियोमा उनले ब्राजिलका लागि प्रत्येक मिनेट फुटबल खेले ।

उनले जितेको उपाधिको सूची बनाउने हो भने सबथोक छ । धेरै छ । खालि विश्वकप मात्र छैन् । सन् २०२२ को विश्वकप अब धेरै टाढा छैन्, यस्तोमा उनले कतारमा हुने विश्वकपमा पनि आफ्नो चुनौती पेस गर्न सक्छ । खालि उनी टिममा पर्नु पर्‍यो र यसका लागि ठोस कारण पनि बनाउनु पर्‍यो ।

अब भने उनले जितको प्रमुख उपाधिको सूची बनाऔं न । त्यसमा छ स्पेनी ला लिगा, पाँच कोपा डेल रे, तीन युरोपेली च्याम्पियन्स लिग, दुई युरोपा लिग, तीन क्लब विश्वकप, एक सिरी ए, एक कोपा इटालिया, दुई लिग वान र दुई कोपा अमेरिका । अहिले त्यसमै एक ओलम्पिक स्वर्ण पनि थपिएको हो । सन् २००२ बाट युरोपमा खेल्न थालेको एल्भासले सबैभन्दा पहिले स्पेनका सेभियाबाट खेले ।

त्यसपछि उनी बार्सिलोना लागे र त्यहाँ नौ वर्ष बिताए । त्यसपछि उनको गन्तब्य युभेन्ट्स रह्यो । त्यसपछि उनले फेरि पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेले । कोही कोही जत्तिकै राम्रो खेलाडी भएर पनि केही पनि उपाधि जित्न सकिरहेको हुन्न । तर एल्भास जस्ता खेलाडी पनि हुन्छ, जसले खालि एकपछि अर्को उपाधि जितिरहेको मात्र हुन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment