गोकर्णेश्वर नगरपालिकाको विभेदकारी विज्ञापन- अपांगता भएका र दीर्घरोगीले रोजगारी नपाउने

०२ भदाै, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विभेदकारी विज्ञापन खुलाएको छ । नगरपालिकाले खुलाएको विज्ञापनमा अपांगता भएका र दीर्घरोगीले रोजगारी नपाउने भएको हो ।

करारमा ३६ जना सरसफाईकर्मीको लागि विज्ञापन खुलाएको नगरपालिकाले आवदेन दिनेहरु दीर्घरोग तथा अपांगता नभएका हुनुपर्ने भनेको छ ।

गोकर्णेश्वर नगरपालिकाको एघारौं नगरसभाको निर्णय अनुसार नगर सरसफाई कार्यक्रम अन्तर्गत एउटा वडामा चारजनाका दरले नौ वटा वडामा कूल ३६ जना सफाईकर्मीहरु आवश्यक परेकोले कार्यक्रम करार अन्तर्गत ३६ जना सफाईकर्मी मागेको विज्ञापनमा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

नगरपालिकाले सफाईकर्मीको लागि मागेको योग्यतामा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको, फौजदारी मुद्धा नलागेको हुनुपर्ने र सामान्य लेखपढ गर्नसक्ने हुनुपर्ने भनेको छ ।तर आवेदन दिने दिर्घ रोग तथा अपाङ्गता नभएको हुनुपर्ने भनेको छ ।

नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा ५०० दस्तुर तिरेर दरखास्त दिन सूचनामा भनेको छ ।

ढल मंगाल सफा गर्ने, सडक सफा गर्ने बढार्ने, ड्रेन खोल्ने सफा गर्ने, बागमती सफा गर्ने, शहर सौन्दर्यीकरणका लागि थप कार्यहरु गर्ने, विपद व्यवस्थापन सम्बन्धी कार्यहरु, नगर तथा वडा कार्यालयबाट लगाए अहाएका कार्यहरु गर्नुनपर्ने छ। सफाई कर्मचारीको तलब मासिक २२ हजार रुपैयाँ हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment