स्वर्ण पदक बिजेता भारतका निरज चोपडालाई उपहारै उपहार

३० श्रावण, एजेन्सी । भारतका निरज चोपडाले ओलम्पिकमा ज्याभलिङ थ्रोमा स्वर्ण पदक जित्दै इतिहास रचे ।

टोकियो ओलम्पिकमा प्राप्त एक मात्र स्वर्ण पदकको सफलतामा पुरा भारतले उत्सव मनाइरहेको छ । निरजको सफलतामा देशभरीबाट बधाई तथा शुभकामना आइरहेका छन् ।

ओलम्पिकको ऐतिहासिक सफलतामा उनलाई पुरस्कार दिनेको होडबाजीनै चलेको छ । उनलाई करोडौं रकमको पुरस्कारको घोषणा गरिएको छ भने राज्य सरकारले वान क्लास जागिर दिने बताएको छ । ओलम्पिकमा प्राप्त एक मात्र स्वर्णको उत्सवमा भारत सरकार, राज्य सरकार, नीजि कम्पनीले निरजलाई करोडौं पैसा, जागिर र गाडी दिने घोषणा गरेका छन् ।

हरियाणा सरकारबाट ६ करोड रुपैयाँ

टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेका निरजका लागि हरियाणा सरकारले सबैभन्दा पहिले पुरस्कारको घोषणा गरेको छ ।

मुख्यमन्त्री मनोहरलाल खट्टरले निरजलाई ६ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । योसंगै राज्य सरकारले उनलाई क्लास वान जागिर समेत दिने घोषणा गरेको छ ।

क्याप्टेन अमरिन्दर सिंहको २ करोड

पन्जाबका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंह निरजको सफलतामा धेरै खुसी देखिएका छन् । उनले समेत निरजको सफलतामा उत्सव मनाएका छन् । निरजको पञ्जाबसंग गहिरो नाता रहेको बताउँदै उनले २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

मणिपुर सरकारबाट १ करोड

टोकियो ओलम्पिकमा ज्याभलिङ थ्रोमा स्वर्ण पदक जितेका निरजलाई मणिपुर सरकारले १ करोड रुपैयाँ दिने भएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार निरजलाई १ करोड रुपैयाँ दिने घोषणा गरिएको हो ।

बीसीसीआईबाट १ करोड

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समेत निरजलाई पुरस्कार स्वरुप एक करोड रुपैयाँ दिने घोषणा गरेको छ । बीसीसीआईले टोकियो ओलम्पिकमा पदक जित्ने अन्य खेलाडीलाई समेत सम्मान गर्ने जनाएको छ । बोर्डले रजत पदक जित्ने मिराबाइ चानु र रवि दहियालाई ५०÷५० लाख र कास्य पदक जितेका बजरंग पुनिया र पिवी सिन्धुलाई २५÷२५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

चेन्नेई टिमबाट १ करोड रुपैयाँ

आईपीएल टिम चेन्नेई सुपर किंग्सले निरज चोपडालाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । चेन्नेई सुपर किंग्सले ८७५८ नम्बरको विशेष जर्सी समेत बनाउने बताएको छ ।

निरजले दोस्रो प्रयासमा ८७ दशमलव ५८ मिटर दुरी भाला फ्याकेका थिए । यहीबाट उनको स्वर्ण पदक जित्ने आधार बनेको थियो ।

इन्डिगोको निशुल्क टिकट

भारतीय ह्वाइ कम्पनी इन्डिगोले निरजलाई एक वर्ष निशुल्क ह्वाई उडानको टिकट दिने भएको छ । स्किम सन् २०२१ अगस्ट ८ देखि २०२२ अगस्ट ८ सम्म लागू हुने बताईएको छ ।

महिन्द्राको गाडी

अटोमोबाइल कम्पनी महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले निरजलाई गाडी उपहार दिने बताएका छन् । उनले ट्विटरबाट निरजलाई महिन्द्राको गाडी दिने घोषणा गरेका हुन् ।

बायजुसको २ करोड

निरजमाथि पुरस्कार दिनेको होडबाजी चर्को छ । भारतको अनलाइन पाठ्यक्रम उपलब्ध गराउने कम्पनी बायजुसले निरजलाई २ करोड रुपैयाँ दिने घोषणा गरेको छ ।

भारत ओलम्पिकमा १ स्वर्ण, २ रजत र ४ कास्य सहित ७ पदक जित्दै ४८ औं स्थानमा रह्यो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment