टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउदै

१९ श्रावण, एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ । टोकियोमा जारि ओलम्पिकको ११ औं दिनको खेल जारी रहदा २१० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

मंगलबार अपरान्हसम्म चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता काय राखेको हो । चीनले २९ स्वर्ण पदकसहित कुल ६३ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण पदकसहित कुल ६६ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्णसहित कुल ३४ पदक जितेको छ । अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेनले १३ स्वर्णसहित कुल ३७ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै रसियन ओलम्पिक टिमले १२ स्वर्ण जित्दा जर्मनीले ७ स्वर्ण जितेको छ । फ्रान्स, न्युजिल्याण्ड र दक्षिण कोरियाले ६/६ स्वर्ण जितेको छ । नेदरल्यान्ड्सले ५ स्वर्ण जित्दा इटाली र चेक रिपब्लिकले ४/४ स्वर्ण पदक जितेको छ ।

क्यानडा, स्विट्जरल्यान्ड, हंगेरी, ब्राजिल, क्युवा र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ । २ स्वर्ण जित्ने राष्ट्रमा नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया रहेको छ । त्यस्तै ३० राष्ट्रले १/१ स्वर्ण पटक जितेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGoldGold MedalhealthLockdownnepalNewsOlympicPolitictechnologyTokyo Olympic
Comments (0)
Add Comment