महिला फुटबलको फाइनलमा स्विडेन

१९ श्रावण, एजेन्सी । स्विडेन टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेन फाइनलमा पुगेको हो ।

स्विडेनको जितमा फ्रिडोलिना रोल्फोईले निर्णायक गोल गरिन् । उनले ४६ औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै खेलको इन्जुरी समयमा अष्ट्रेलियाकी एली कार्पेन्टरले रातो कार्ड पाएकी थिइन् ।

अब स्विडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ । क्यानडाले अमेरिकालाई हराएर फाइनलमा स्थान बनाईसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthLockdownnepalNewsOlympicPoliticWomens Football
Comments (0)
Add Comment