ओलम्पिक सुन्दरी जर्मनीकी एलिसा स्मिटको चर्चा

१८ साउन, एजेन्सी । टोकियो : विश्व खेलकुदको महाकुम्भ अहिले जापानको टोकियो सहरमा सञ्चालन भइरहेको छ। आगामी अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा आफूलाई अब्बल सावित गर्न ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। टोकियो ओलम्पिकमा संसारका २ सय ५ राष्ट्रका खेलाडीले ३३ खेलमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

टोकियो ओलम्पिकमा जर्मनीकी एथलेटिक्स खेलाडी एलिसा स्मिटको चर्चा भने फरक ढंगले भइरहेको छ। उनी खेलका कारण मात्र नभई सुन्दरताका कारण पनि संसारभर चर्चा बटुलिरहेकी छन्। २२ वर्षीया एलिसाले टोकियो ओलम्पिकमा एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडमा प्रतिस्पर्धा गरिरहेकी छन्। तर, चर्चा भने उनको खेलको भन्दा पनि सुन्दरताको भइरहेको छ।

आफ्नो चर्चा फरक रूपमा भइरहँदा पनि एलिसाले त्यसमा कुनै ध्यान दिएकी छैनन्। उनी सम्पूर्ण ध्यान ओलम्पिकमा लगाइरहेकी छन्। खेलकुदमा रमाइरहेकी एलिसाको इन्टाग्राममा १८ लाखभन्दा बढी फलोअर्स छन्। तर, उनी निकै कम समय मात्र सामाजिक सञ्जाललाई दिन्छिन्। ‘धेरै समय खेलकुदमै व्यस्त भइन्छ। त्यसैले सामाजिक सञ्जालमा खासै समय दिन सकिँदैन’, उनी भन्छिन्, ‘अझ ओलम्पिकजस्ता ठूला प्रतियोगिताको दबाब छुट्टै हुन्छ। हामीले अन्यत्र ध्यान लगाउने समय नै हुँदैन।’

ट्र्याक एन्ड फिल्डकी स्टार खेलाडी एलिसाले ‘प्ले ब्वाय’ म्यागजिनको फोटो सुटलाई समेत अस्वीकार गरिसकेकी छन्। ‘प्ले ब्वाय’को न्युड फोटो सुटलाई उनले अस्वीकार गरेकी हुन्।

वेस्ट जर्मनीमा जन्मिएकी एलिसा सन् २०१७ मा विश्व खेलकुदमा उदाएकी हुन्। उनले सन् २०१७ मा यू–२० युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन्। ४ गुणा ४ सय मिटर रिले दौडमा जर्मनीलाई रजत पदक जिताउन एलिसाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनी दुई वर्ष यू–२३ टोलीको सदस्य रहिन्।

युरोपियन च्याम्पियनसिपकै दौरान एलिसा सबैको नजरमा परेकी थिइन्। उनलाई खेलकुद सामग्री उत्पादन कम्पनी पुमाले छात्रवृत्ति पनि दिएको थियो। सन् २०१७ मै अस्ट्रेलियाको ‘बस्टड कभरेज’ म्यागजिनले संसारको ‘सेक्सी खेलाडी’को उपमा उनलाई दिएको थियो। ‘द मिरर’का अनुसार अहिले एलिसा जर्मनीकै बडी बिल्डर फ्रेडी रिचरसँग डेट गरिरहेकी छन्।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

AlicabusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment