टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

१८ श्रावण, एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ ।

टोकियोमा जारि ओलम्पिकको नवौं दिन सकिदा कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ओलम्पिकको नवौं दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।

चीनले २४ स्वर्ण पदकसहित कुल ५१ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण पदकसहित कुल ५९ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।

अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १२ स्वर्णसहित कुल ४४ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले १० स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ५/५ स्वर्ण जितेको छ ।

इटाली, नेदरल्यान्ड्स, जर्मनी, चेक रिपब्लिक र न्युजिल्याण्डले ४/४ स्वर्ण पदक जितेको छ ।

क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ ।

२ स्वर्ण जित्ने राष्ट्रमा चाईनिज ताइपे, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार र स्लोभानिया रहेको छ ।

त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या ३० पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarGold MedalJapanLockdownNewsOlympicPolitictechnology
Comments (0)
Add Comment