ब्राजिल अन्तिम चारमा

१७ श्रावण, एजेन्सी । ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम चारमा पुगेको हो।

ब्राजिलको जितमा माथिएस कुन्हाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका थिए ।

अब ब्राजिलले सेमिफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।

मेक्सिको दक्षिण कोरियालाई ६-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अर्को सेमिफाइनलमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment