पौडी र एथलेटिक्स टोली आज नेपाल आईपुग्ने

१७ श्रावण, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली पौडी र एथलेटिक्स टोली आज (आइतबार) नेपाल आईपुग्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले पौडी र एथलेटिक्सका ६ सदस्सीय नेपाली टोली आइतबार नेपाल आईपुग्ने जनाएको छ ।

Ads by AdMana.net
नेपाली टिम कतारको दोहा हुँदै काठमाडौं आईपुग्ने छन् । जुडो र सुटिङ टोली भने यस अघि नै नेपाल आईसकेका छन् ।

टोकियो ओलम्पिकमा पौडीका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए ।

गौरिका र एलेक्सले १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । गौरिका भने जापानबाटै बेलायत गएकी छिन् ।

एथलेटिक्समा सरस्वती चौधरीले प्रतिस्पर्धा गरेकी थिइन् । तर, महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता जनाएका हुन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsOlympicsportstechnologyTokyo
Comments (0)
Add Comment