जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

१६ साउन, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम बनाएर कीर्तिमान बनाउने योजना असफल भएको छ ।

सुरुआती तीन ग्रान्ड स्लाम- अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच टोकियो ओलम्पिकमा बिहीबार भएको सेमिफाइनलमा जर्मन खेलाडी अलेक्जेन्डर जेभ्रेभसँग पराजित भएसँगै गोल्डेन स्लामको सम्भावना टुङ्गिएको हो ।

जेभ्रेभविरुद्धको खेलमा जोकोभिच १-६ , ६-३ , ६-१ को सेटमा पराजित भए । हालसम्म टेनिसको इतिहासमा एक मात्र खेलाडी -जर्मनीकी स्टेफी ग्राफले सन् १९८८ मा गोल्डेन स्लाम जितेकी थिइन् ।

जेभ्रेभले फाइनलमा रूसी खेलाडी कारेन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment