चीनलाई पोडीमा विश्व कीर्तिमानसहित स्वर्ण पदक

१४ साउन, एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पौडीको महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा चीनले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ।

टोकियो एक्वेटिक सेन्टरमा बिहीबार चीनले ७:४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो ।


यस स्पर्धामा यस अघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो । याङ्ग जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेका हुन् ।

अमेरिकाले ७:४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७:४१.२९ मिनेटसहित कास्य जितेको छ .

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment