नबिल बैंकको ३ अर्ब रुपैया बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन

११ साउन, काठमाडौं । हिजो साउन १० गतेबाट नबिल बैंकले ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ ।

‘८ प्रतिसत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाईनेछ ।


नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैया“ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैया“ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ

नबिल बैंकले ऋणपत्र जारी गरेको साउन १० देखी छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। भने ढिलोमा २४ गतेसम्म बिक्री गर्ने छ।

बैंकले ८ प्रतिशत ब्याज दरकोले ब्याज दिनेछ । यसको परिपक्व अवधि सात वर्षको हुने छ।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्नेछ। बढीमा सबै खरिद गर्न पाइने छ।

बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्नेछ।



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusdebenturedigital khabarNews
Comments (0)
Add Comment