ओलम्पिकः चीनको अग्रता कायमै, ४० देशले पदक जिते

११ श्रावण, जापान । जापानको टोकियोमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा दोस्रो दिनसम्म पनि चीन शीर्ष स्थानमा कायमै छ।

आइतबारसम्म २९ स्वर्ण, २९ रजत र ३७ कास्य पदकको टुंगो लागेको छ। जसमा ६ स्वर्ण १ रजत र ४ कास्यसहित कुल ११ पदक जितेको चीन शीर्ष स्थानमा कायमै रहँदा

आयोजक जापान ५ स्वर्ण र १ रजतसहित मेडल अंक तालिकाको दोस्रो स्थानमा छ।

यस्तै तेस्रो स्थानमा रहेको अमेरिकाले ४ स्वर्ण २ रजत र ४ कास्यसहित १० पदक जितेर तेस्रो स्थानमा कायमै छ। यस्तै कोरियाले दुई स्वर्ण र तीत कास्य जित्दा अस्ट्रेलिया, रसिया ओलम्पिक कमिटी, इटाली, ट्युनिसिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो, उज्वेकिस्तान, अष्ट्रिया, फ्रान्स र थाइल्यान्डले समान १-१ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा हालसम्म ४० देशले पदक जित्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् ।

तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि दोस्रो चरणमा पुग्न सकिनन् ।

त्यस्तै ४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

नेपालको टोकियो ओलम्पिकमा अब पौडीतर्फ गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीको प्रतिस्पर्धा बाँकी छ ।

एलेक्सले पुरुष १०० मिटर फ्री स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्री स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन्। सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment