चीनलाई टोकियो ओलम्पिकको पहिलो स्वर्ण

०९ साउन, एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् ।

याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ स्कोर जोडिन् । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।

अन्तिम प्रहारमा अनास्तासियाले ८.९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित भइन् । याङले पनि अन्तिममा जम्मा ९.८ को स्कोर जोडेकी थिइन् । अन्तिम प्रहारअघि अनास्तासिया नै अग्रतामा थिइन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०.६ स्कोरसहित कास्य पदक जितिन् ।

यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियारले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment