सुनको मूल्य बढ्यो

०५ साउन, काठमाण्डौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।त्यसैगरी चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment