कस्ता मोबाइल साउन १ गतेदेखि चल्दैनन् ? हेर्नुहाेस् प्राधिकरणको सूचना

२७ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ । त्यसको लागि तीव्रताको साथ काम अघि बढेको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

“व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,” सूचनामा भनिएको छ ।

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

सूचना:



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment