लगातार चार दिन घटेको नेप्से दोहोरो अंकले बढ्यो, शेयर बजारमा सुधारको संकेत, नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी

२४ असार, काठमाडौं । केहि समय यता सुस्ताएको शेयरबजारमा यस साताको अन्तिम दिन बिहबिारको कारोबारले सुधारको संकेत देखाएको छ । लगातार घटिरहेको शेयरमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्तामा उत्साह थपिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसू्चक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यो साताको सुरुवाती चार दिन लगातार घटेको नेप्से अन्तिम कारोबार दिन २३.७६ अंकले वृद्धि हुँदा २८२४.८९ अंकमा बन्द भएको छ ।

व्यापार र अन्यबाहेक सबै उपसूचकमा हरियाली छाउँदा चार कारोबार दिनपछि नेप्सेमा वृद्धि भएको हो । आज नेप्सेमा व्यापार र र अन्य उपसूचक दुवै ०.५५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक ३.०९ प्रतिशत, विकास बैंक उपसूचक २.१२ प्रतिशत, हाइड्रोपावर उपसूचक १.९५ प्रतिशत, लघुवित्त उपसूचकक १.३३ प्रतिशत र लगानी उपसूचक १.०८ प्रतिशतले बढेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बुधबारको तुलनामा केही बढेको छ । बुधबार ४ अर्ब ५८ करोडको कारोबार भएको बजारमा आज १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजारको कारोबार भएको छ । आज नेप्सेमा नेपाल बैंकको सर्वाधिक २१ करोड ५२ लाख ९१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख ४९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबारमा आएका १८३ कम्पनी मध्ये १५९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २० कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै, चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । जसमध्ये गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयर मूल्य ५.६७ र घलेम्दी हाइड्रोको सेयर मूल्य ५.६६ प्रतिशतले वृद्धि भएको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.६१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको १.९२ प्रतिशत र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य १.८९ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment