नेप्सेमा आज बुधबार दोहोरो अंकको गिरावट

२३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको थियो भने ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।

आज नेप्से १६.९७ अंकले घटेर दुई हजार आठ सय १ दशमलब १३ विन्दुमा थामिएको हो । आज नेप्सेमा ४ अर्ब ५८ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब चार प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अप्पर तामाकोशी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको भएको छ । यस कम्पनीको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment