नेपाली बजारमा सुनको मूल्य आज स्थिर

१४ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment