आफूले पालेका कुकुहरुलाई बचाउन भालुसँग भिडन्त

२६ जेठ, एजेन्सी । मानिसले मानिसलाई बचाउन अच्चम लाग्दा कार्य गरेको सुन्नु स्वभाविक हो । तर, के तपाईं सोच्न सक्नुहुन्छ आफूले पालेको जनावरलाई बचाउन मानिस कति हदसम्म जान्छ?

अमेरिकाको दक्षिण क्यालिफोर्नियामा बस्ने एक युवतीले आफूले पालेका कुकुहरुलाई बचाउन भालुसँग भिडन्त गरेकी छिन् । सामाजिक सञ्जालमा निकै चर्चामा रहेको भिडियोमा हैली मोरिनिको नाम गरेकी १७ वर्षिया युवतीले आफ्नो कुकुरलाई बचाउन भालुसँग भिडन्त गरेकको देखिएको छ ।

क्यालिफोर्नियाको ब्राडबरीमा बस्ने हैली मोरिनिको र उनकी आमा गत सोमबार आफ्नो बगैंचामा काम गरिरहेका थिए । त्यत्तिकैमा उनको घरको पर्खालमा भालु र भालुका बच्चाहरु आइपुगे ।

घरमा पालिएका कुकुरले भालु देखेपछि उनीहरु भुक्न थालेका थिए । त्यत्तिकैमा भालुले उनको परिवारले पालेको कुकुरमाथि आक्रमण गर्न थालेको थियो ।

एउटा कुकुरलाई आक्रमण गरेर आफूतर्फ तानिरहँदा हैलीले भने केही नसोची आफ्नो परिवारले पालेको कुकुरलाई बचाउन दगुरेकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘म उनीहरु के देखेर भुकिरहेका छन् भनेर हेर्न गएकी थिएँ । त्यहाँ भालु रहेछ । मेरो कुकुरलाई समातेको देखेपछि म कुदेर गएँ ।’

आफूले भालुलाई धकेल्ने सोचेर उनी त्यसतर्फ कुदेकी थिइन् । उनी भन्छिन्, ‘म भालुलाई धकेलेर कुकुरलाई बचाउने सोचेर कुदेकी थिएँ । त्यसै गरें । भालुको पञ्जाबाट कुकुरलाई छुटाउन सकें ।’

आफ्नो कुकुरलाई बचाउँदा हैली स्वयःलाई भने चोट लागेको छ । उनको घुँडामा सामान्य घाउँ भएको र एउटा औंला मर्किएको उनले बताएकी छिन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment