नेप्सेले आज हालसम्मकै उच्च कारोबार: आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२३ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ । नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से ५०.१४ अंकले बढेर दुई हजार नौ सय ६ दशमलब ९१ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ जेठ २० गते बिहिबार नेप्से दुई हजार आठ सय ७५ दशमलब ९७ विन्दुमा पुगेका थियो ।

त्यस्तै, आज १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा महिला लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बंगालदेश लिमिटेड, मितेरी डेभलपमेन्ट विकास बैंक, पोखरा फाइनान्स, मेगा बैंक, नेपाल इन्फइन्ट्रक्चर बैंक र लक्ष्मि बैंक रहेका छन् ।

त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment