मियाँ बने खेलकुद मन्त्री

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्दै मियाँलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएको हो । मियाँले बारा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए ।

सर्वोच्च अदालतले दावा लामालाई पदबाट हटाएपछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन रहेको थियो ।

गठन गरिएको नयाँ मन्त्रिमण्डलमा जसपा नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण र चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् ।

यस्तै राज्यमन्त्रीमा रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक र चन्द्रकान्त चौधरी ऊर्जा मन्त्री बनेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment