सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रू १४ करोड ५७ खुद नाफा

२६ बैशाख, काठमाडौं ।सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म रू. १४ करोड ५७ लाख ४८ हजार खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव २७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३९ लाख २३ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष २ प्रतिशत बढी आम्दानी गरेको कम्पनीले ५ प्रतिशत बढी खर्च गरेको छ । कम्पनीले रू. २० करोड ५५ लाख १३ हजार आम्दानी गरेकोमा रू. ५ करोड ९७ लाख ६५ हजार खर्च गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन भने ११० प्रतिशतले बढेको छ ।

गत वर्ष रू. १ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार यो शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम भने यस वर्ष ४७७ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा रू. ७ करोड २२ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ४१ करोड ७१ लाख २७ हजार दाबी भुक्तानी गरेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

bonusbusinesscitizen lifecitizen life insurancedigital khabarprofitupcoming ipo
Comments (0)
Add Comment