अभिनेता सरोज बने उत्कृष्ट निर्देशक

२१ बैशाख, काठमाडौं । राजधानीमा हालै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा तेजेन्द्रप्रसाद कँडेल निर्देशित सर्ट फिल्म ‘देशमाथि’ले ‘उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । अवार्डमा अभिनेता सरोज खनालले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् । खनालले डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’बाट यो अवार्ड जितेका हुन् ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए । कार्यक्रम निर्देशक तथा नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको जानकारी दिए ।

अवार्डमा फिल्म ‘नशा’बाट तुलसीप्रसाद श्रेष्ठले ‘सर्वोत्कृष्ट खलपात्र’, ‘धुर्तकाजी’बाट शेखर खनालले ‘सर्वोत्कृष्ट हास्य अभिनेता’, ‘हाम्रो नाता’बाट सुरज पोखरेलले ‘सर्वोत्कृष्ट नवनायक’ र ‘सहारा’बाट ध्रुव दत्तले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जिते । त्यस्तै ‘हाम्रो नाता’बाट आशुतोष अधिकारीले ‘सर्वोत्कृष्ट नवनिर्देशक’, ‘लकडाउन’बाट आरती अधिकारी आचार्यले ‘सर्वोत्कृष्ट कथा’ र ‘सहारा’बाट पुरु राईले ‘सर्वोत्कृष्ट कथा (डायस्पोरा)’ अवार्ड पोल्टामा पारे ।

निर्देशक तर्फको ‘जुरी अवार्ड’ फिल्म ‘मेरो भगवान’का लागि केडी प्रश्रितले र ‘ज्यान जाने पिरिम’बाट अमिर बरालले ‘इनकरेजमेन्ट अवार्ड’ पाए । विजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले अवार्ड प्रदान गरे ।

याे पनि हेर्नुहाेस् :



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment