आज सुन तोलमा १ सय रुपैयाँले बृद्धि

१९ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १२९५ मा झरेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment