सिंगटी हाइड्रो इनर्जीको शेयर सर्किट लेभलमा

१५ बैशाख, काठमाडौं ।कारोबार खुलेको पहिलो दिननै सिंगटी हाइड्रो इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बुधबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिशेयर ३३० रुपैयाँ पुगेको हो ।

नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर उच्च विन्दु अर्थात ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनी ५ लाख ६४ हजार कित्ता शेयरको लागि माग रहेको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।

आज कम्पनी १२० कित्ता शेयर खरिद बिक्री भएका ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment