सुनको मूल्यमा ५ सय रुपैयाँले कमी

१० बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सय रुपैयाँमा निधारण गरिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहीबार तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment