वर्षको अन्तिमदिन सुनचाँदीको मूल्यमा गिरावट

३१ चैत, काठमाडौं । २०७७ सालको अन्तिम दिनमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार भने चाँदी प्रतितोलला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment