सुन तोलामा ९ सय रुपैयाँले बृद्धी

२७ चैत, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ । आज सातको अन्तिम दिन शुक्रबार सुनको मूल्य बृद्धी भएको छ ।

यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लाे दिन छापावाला सुन प्रतिताेला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेर १ हजार २८० रुपैयाँ पुगेको महासँघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment