नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत

२५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार हुने छ। कम्पनीको JLI सिम्बलबाट कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.२९ देखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यो रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार खुला हुनसक्ने छ । नेप्सेले सुरुवात कारोबारको लागि नेट वर्थको ३ गुणासम्म को रेन्ज तोक्ने गरेको छ ।

कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment