नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१७ वैशाख, काठमाडाैं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रिय कार्यालय, तिनधारा, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment