चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य आज पनि बृद्धी

१२ चैत, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २ हजार ७९ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. १८९ ले बढेको हो ।

कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढ्दै आएको हो । बिहीवार सर्वाधिक माग रहेको कम्पनीमध्य चौथो नम्बरमा रहेको यस कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।

चन्द्रागिरीको शेयर विक्री कर्ता भने देखिएका छैनन् । दोस्रो बजारमा माग र आपूर्तिकै कारण मूल्य निर्धारण हुने हुदाँ कारोबारको सुरुवातदेखिनै उच्च खरिद माग रहेकाले पनि यस कम्पनीको शेयरमूल्यमा निरन्तर बृद्धि देखिएको हो ।

बजारमा चन्द्रागिरीको शेयरको दोस्रो बजारमा माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । अहिले यसको शेयरमा उल्लेख रुपमा उछाल आइरहेको छ भने चन्द्रागिरीमा शेयर भएकाहरुमा हर्ष छाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarprice increaseshare market
Comments (0)
Add Comment