युट्युबको नयाँ कर नीति : युट्युवरको आम्दानी घटने

२८ फागुन, एजेन्सी । युट्युबले नयाँ कर नीति ल्याएको छ । यसले गर्दा नयाँ कर नीतिको कारणले युट्युवरको आम्दानी घटने भएको छ । युट्युवले आउदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने जानकारी गराएको छ ।

न्युयोर्क टाइम्स का अनुसार अमेरिका भन्दा बाहिरका युट्युबरहरुले कर तिर्नु पर्नेछ ।

युट्युबरले आवश्यक विवरण आउँदो मे ३१ सम्म बुझाइसक्नु पर्नेछ । यसको जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ ।

इकोनोमिक्स टाइम्स का अनुसार यदि यो मितिभित्र करसम्बन्धी जानकारी नगराएमा युट्युबरलाई कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर रकम उपलब्ध गराइने जानकारी दिएको छ ।

युट्युबले लोकेसनका हिसाबले अमेरिकाका दर्शकको भ्युजबाट भएको आम्दानीको कर कटौती गर्न लागेको हो । अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका युट्युबरबाट कर संकलन गर्न लागेको हो ।

नेपालले अमेरिकासँग दोहोरो कर सम्झौता गरेको छैन । यसले गर्दा युट्युबरहरुले दुवैतर्फ कर भुक्तानी गर्नुपर्ने अवस्था आउँछ।

युट्युबलाई करसम्बन्धी जानकारी नगराउँदा घाटा ब्योहोर्नु पर्नेछ । कर सम्बन्धी जानकारी नगराउँदा कुल आम्दानीको २४ प्रतिशत रोक्का कटौति गरिने छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment