सेयर बजारकाे अत्याधिक क्रेजबाट जोगिन के गर्ने, के नगर्ने ?

२४ फाल्गुन, काठमाडौं । सेयर बजारमा सफलतापूर्वक लगानी गर्न धेरै ज्ञान र सीपहरु आवश्यक पर्छ। तर पछिलाे समयमा सेयर बजारकाे अत्याधिक क्रेज बढेकाे छ।

यसमा कम्पनीको आधारभूत विश्लेषण गर्ने क्षमता र सेयर बजारको ट्रेन्ड पत्ता लगाउने क्षमताहरु निकै महत्वपूर्ण र चलाख पुर्ण ढंगले बाघ चाल सैलिमा चल्नु पर्ने हुन्छ। तर यी दुई प्रविधिक सीपहरु भन्दा पनि अझै महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताको मानसिकता हो ।

तर पछिल्लाे समय भने सेयर बजारकाे अत्याधिक क्रेज र बुझि वा नवुझि सेयरमा लगानी गर्नेकाे हाेडबाजी चलेकाे छ। सेयर बजारबाट पैसा कमाउने कि गुमाउने भनेर निर्धारण गर्ने सबैभन्दा ठूलो तत्व नै लगानीकर्ताको मनोविज्ञान हो ।

व्यापार मनोविज्ञान (ट्रेडिङ साइकोलोजी)

व्यापार मनोविज्ञान (ट्रेडिङ साइकोलोजी) भित्रका त्तव हुन्। सेयर कारोबारीहरुले सधैं छिटो साच्नुपर्ने र सीघ्र निर्णय लिनुपर्ने हुन्छ । छोटो समयमै सेयर खरिदबिक्री गर्नका लागि दिमागको निश्चित उपस्थिति हुन र चलाखी पुर्ण रहनु आवश्यकता रहन्छ।

आफ्नो कारोबार योजनामा अनुशासित भएर अडिग रही प्रोफिट बुक गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तसर्थ, कारोबारको समयमा मनोभावनालाई बीचमा प्रवेश गराउनु निकै हानिकारक हुन सक्छ । जो कोही सेयर लगानीकर्ता वा कारोबारीले मुख्य दुई वटा मुख्य मनोभावनालाई बुझ्न जरुरी हुन्छ ।

डर र लोभ   

डर र त्रासलाई चिन्ने जब सेयर लगानीकर्ता वा कारोबारीले कुनै कम्पनी वा समग्र अर्थतन्त्रका बारेमा नकारात्मक समाचार सुन्दछन्, तब प्राकृतिकरुपमै डर पैदा हुन्छ ।

डरकै कारण सेयर काराबार गर्नेले आवश्यकता भन्दा बढी प्रतिकृया जनाउने र भएको सेयर बिक्री गरी नगदमा परिणत गर्ने सम्भावना रहन्छ । यसरी केही नोक्सान त कम गर्न सकिएला, तर नाफा कमाउनबाट वञ्चित हुने सम्भावना पनि उत्तिकै रहन्छ । 

सेयर कारोबार गर्नेले डर के हो बुझ्न जरुरी हुन्छ । डर सम्भावित खतराप्रति प्राकृतिक प्रतिकृया हो । सेयर कारोबारको हकमा यस्तो खतरा नाफाको सम्भावनासँग जोडिएको हुन्छ ।

यस विषयमा गहन सोच र विचार पुर्याउनुपर्ने देखिन्छ । तर यस्तो विचार नकारात्मक समाचार तथा सूचना बाहिर आउनुभन्दा अघि नै गर्नुपर्छ, बीचमा  वा आइसकेपछि होइन । समयभन्दा अगावै घटनाक्रमलाई विचार पुर्याउने हो भने त्यसमा कसरी प्रतिकृया जनाउने सहज हुन जान्छ । जसबाट लगानी तथा कारोबार निर्णयमा डर हावी हुन पाउँदैन । यद्दपि, हरेकलाई त्यसो गर्न सहज नहोला, तर आफ्नो पोर्टफोलियो तथा आफू स्वयंको स्वास्थ्य मजबुत बनाउनका लागि भने यो पक्कै महत्वपूर्ण हुन्छ । 

अत्याधिक लोभमाथि विजय  

अत्याधिक लोभी लगानीकर्ता जहिले पनि अन्तिम समय सम्म बढ्दो मूल्यको फाइदा उठाउने दाउमा हुन्छन् । तर ढीलो वा चाँडो जब बजार घट्न थाल्छ तब लोभी लगानीकर्ताहरु फन्दामा पर्दछन् । लोभलाई जित्न सहज भने छैन, प्रविृत्त अधिक कारण नै जन्मिन्छ लोभ ।

कतिपय अवस्थामा ज्यादा लाभकै कारण प्राप्त भइसकेको फाइदालाई पनि गुमाउनुपर्ने सम्भावना रहन्छ । तसर्थ, सेयर कारोबारीले आफूमा भएको यस्तो लोभी प्रवित्तिलाई पहिचान गर्नुपर्दछ ।

विवेकमा आधारित निश्चित र तर्कसंगत कारोबार योजना बनाउनुपर्छ । उक्त योजना अनुसार अनुशासनमा पनि बस्नुपर्दछ । यसो गर्दा कारोबारका बीचमा लोभी प्रवृत्तिमा कमी आउन हुन्छ । 

भावनामा आधारित कारोबार निर्णय लिनबाट कसरी जोगिने ?

नियम बनाउने  
सेयर लगानीकर्ता वा कारोबारी दुवैले निश्चित कारोबारको नियम बनाउनुपर्छ ।  जब मनोवैज्ञानिक तत्वहरु हावी हुने देखिन्छ, सोही नियमलाई अनुसरण गर्नुपर्दछ ।

आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता (रिस्क–रिवार्ड) पहिचान गरी कारोबारलाई दिशानिर्देश गर्ने, कारोबारमा भावनात्मक तत्वले असर नगरोस भन्नका लागि नाफाको लक्ष्य निर्धारण गर्ने,
नोक्सान रोकथाम (स्टप लस) गर्ने लक्ष्य तय गर्ने,  

अनुसन्धान र समीक्षा गर्ने  
सेयर कारोबार गर्नेले जहिले पनि आफ्नो रुचिका स्टक र इन्डस्ट्रिमा विज्ञ हुन आवश्यक छ । विश्व विख्यात लगानीकर्ताको उदाहरण हर्ने हो भने उनीहरु पनि आफूले बुझेको भन्दा बाहिरको क्षेत्रमा लगानी गर्न हिच्किचाउने गरेको देखिन्छ ।

दैनिक आउने समाचारहरुलाई ध्यान दिनुपर्छ । तर त्यसबाट प्रभावित भने हुनु हुँदैन । स्वयंलाई शिक्षित बनाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

यस्ता कार्यक्रमहरु आफूले जानेको वा बुझेको कुरालाई परीक्षण गर्ने थलोहरु पनि हुन् । ज्ञानले डरलाई जित्न पनि ठूलो भूमिका निर्वाह गर्दछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment